GS Spark: Journal of Applied Academic Discourse

Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|
Sumant Ghimire 1 * , Shanta Bahadur K.C 2
More Detail
1 Trichandra Multiple Campus, Nepal2 Gaurishankar Multiple Campus, Bhimeshwor-3, Charikot, Dolakha, Nepal* Corresponding Author
Perspective Article

GS Spark: Journal of Applied Academic Discourse, Volume 3, Issue 1, June 2025, 7-20, https://doi.org/https://doi.org/10.5281/zenodo.17811725

Publication date: Jun 30, 2025

Views: 309 | Downloads: 37

How to cite this article
APA
In-text citation: (Ghimire & K.C, 2025)
Reference: Ghimire, S., & K.C, S. B. (2025). Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|. GS Spark: Journal of Applied Academic Discourse, 3(1), 7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
Vancouver
In-text citation: (1), (2), (3), etc.
Reference: Ghimire S, K.C SB. Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|. GS Spark: Journal of Applied Academic Discourse. 2025;3(1):7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
AMA
In-text citation: (1), (2), (3), etc.
Reference: Ghimire S, K.C SB. Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|. GS Spark: Journal of Applied Academic Discourse. 2025;3(1), 7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
Chicago
In-text citation: (Ghimire and K.C, 2025)
Reference: Ghimire, Sumant, and Shanta Bahadur K.C. "Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|". GS Spark: Journal of Applied Academic Discourse 2025 3 no. 1 (2025): 7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
Harvard
In-text citation: (Ghimire and K.C, 2025)
Reference: Ghimire, S., and K.C, S. B. (2025). Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|. GS Spark: Journal of Applied Academic Discourse, 3(1), pp. 7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
MLA
In-text citation: (Ghimire and K.C, 2025)
Reference: Ghimire, Sumant et al. "Marx, Lenin, and Madan: A Theoretical Evolution |माक्र्स, लेनिन र मदनः सैद्धान्तिक उद्विकास|". GS Spark: Journal of Applied Academic Discourse, vol. 3, no. 1, 2025, pp. 7-20. https://doi.org/https://doi.org/10.5281/zenodo.17811725
ABSTRACT
माक्र्सवाद, लेनिनवाद र मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) ले समाजवादी विचारधाराको ऐतिहासिक विकासको तीन महत्वपूर्ण चरणहरूलाई प्रतिनिधित्व गर्दछन्। कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक हुन् जसले वर्ग संघर्ष, ऐतिहासिक भौतिकवाद र पूँजीवादी शोषणको वैज्ञानिक विश्लेषण गरेर समाजवादी सिद्धान्तको आधारशिला राखे । उनको एकरेखीय उद्विकासवादी अवधारणा अनुसार समाज आदिम साम्यवाददेखि दास युग, सामन्तवाद, पूँजीवाद हुँदै अन्ततः समाजवादमा पुग्छ भन्ने मान्यता रहेको छ। तर लेनिनले यसलाई व्यावहारिक रूप दिँदै माक्र्सको सिद्धान्तलाई परिमार्जन गरे। उनले माक्र्सको औद्योगिक समाजमा मात्र क्रान्ति हुने भन्ने मान्यतालाई अस्वीकार गर्दै कृषि प्रधान रुसमा पनि क्रान्ति सम्भव छ भन्दै बोल्सेभिक क्रान्तिद्वारा सामन्तवादबाट सीधै समाजवादमा छलाङ मार्न सफल भए । यसले माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादमा नयाँ आयाम थप्दै विश्वभर समाजवादी आन्दोलनलाई नयाँ दिशा दियो । बिसौँ शताब्दीको उत्तरार्धमा मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) ले समाजवादी विचारधारामा नयाँ क्रान्तिकारी परिवर्तन ल्यायो। जबजले रूसी र चिनियाँ क्रान्तिको हिंसात्मक मार्गबाट भिन्नताको स्थापना गर्दै लोकतान्त्रिक प्रक्रियाद्वारा सत्तारोहणको मार्ग प्रशस्त गर्यो। यसले बुलेटू (हिंसात्मक क्रान्ति) को सट्टा ब्यालेट (लोकतान्त्रिक निर्वाचन) मार्फत समाजवादी परिवर्तन गर्ने वैकल्पिक मार्ग प्रस्तुत गर्या । नेपालको प्रासंगिकतामा जबजको व्यावहारिक सफलता देखिन्छ जहाँ बामपन्थीहरूले निर्वाचनको माध्यमबाट सरकार गठन गर्न सफल भएका छन्। यसले समाजवादी सिद्धान्तको लचिलोपन र सन्दर्भगत अनुकूलनको महत्त्वलाई उजागर गर्दछ। यस अनुसन्धानले माक्र्सवादी विचारधाराको ऐतिहासिक विकासक्रमलाई कार्ल माक्र्स, भ्लादिमिर लेनिन र मदनकुमार भण्डारीको तीन कालखण्डका दृष्टिकोणबाट विश्लेषण गरेको छ । गुणात्मक अनुसन्धान विधि अन्तर्गत पुस्तकालयीय सामग्रीको विश्लेषण गरी माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक तुलना प्रस्तुत गरिएको छ। माक्र्सवादले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, वर्ग संघर्ष, उत्पादन प्रणाली र अतिरिक्त मूल्य सिद्धान्त मार्फत पूँजीवादी शोषणको वैज्ञानिक विश्लेषण गरेको छ। लेनिनले यस सिद्धान्तलाई व्यावहारिक रूप दिँदै साम्राज्यवाद विरोधी संघर्ष, क्रान्तिको नेतृत्व र केन्द्रीकृत पार्टी संरचनाको अवधारणा विकास गरे। मदन भण्डारीको जबजले भने नेपाली सन्दर्भमा हिंसात्मक क्रान्ति (बुलेट) को सट्टा लोकतान्त्रिक प्रक्रिया (ब्यालेट) मार्फत समाजवादी परिवर्तनको नयाँ मोडेल प्रस्तुत गरेका छन । अध्ययनले यी तीन विचारधाराहरूको मौलिक समानता र भिन्नतालाई उजागर गर्दछ। माक्र्सवाद सैद्धान्तिक आधार हो भने लेनिनवादले यसलाई व्यावहारिक रूप दिएको छ। जबजले समकालीन संदर्भमा लोकतान्त्रिक मूल्यहरूसँग समाजवादी लक्ष्य समन्वय गर्ने प्रयास गरेको छ। नेपालमा बामपन्थी दलहरूले निर्वाचन मार्फत सत्तारोहण गर्न सफल भएको तथ्यले जबजको व्यावहारिक सार्थकता प्रमाणित गर्दछ। निष्कर्षतः, समाजवादी विचारधारा स्थिर नभएर गतिशील रूपमा विकास हुँदै गएको   छ । यसको सफलता सैद्धान्तिक दृढता, व्यावहारिक लचिलोपन र सन्दर्भगत अनुकूलनमा निर्भर गर्दछ । यस अनुसन्धानले विश्वव्यापी समाजवादी आन्दोलनलाई नेपाली अनुभवबाट पनि सिक्ने महत्वपूर्ण अवसर प्रदान गर्दै यी तीनै विचारधाराहरूको समानता, भिन्नता र नेपालमा जबजको प्रयोगात्मक महत्वलाई थप उजागर गर्दछ ।
KEYWORDS
REFERENCES
  1. उपाध्याय,गोपिरमण र तिमिल्सिना मनहरि(सम्पा.२०७६),जनताकोजनवादका आधारहरू,काठमाडौःइन्डिगो इन्क प्रा.ली.।
  2. घिमिरे,सुमन्त(२०७५,बैशाख २७), मार्क्सवाद आदर्शतम् अमर विचार, गोरखापत्र, पृ,५।
  3. घिमिरे,सुमन्त(२०७६,माघ ७), साम्यवादका प्रथम प्रयोगकर्ता, गोरखापत्र, पृ,५
  4. घिमिरे,सुमन्त(२०७९,माघ १७),जबजका तीन दशक , गोरखापत्र, पृ,५।
  5. मिश्र, चैतन्य (२०१०ई.), बदलिँदो नेपाली समाज, राजेन्द्र महर्जन,सम्पा., काठमाडौःफाइन प्रिन्ट।
  6. मिश्र, चैतन्य (२०७४), पुँजिवाद र नेपाल, राजेन्द्र महर्जन,सम्पा., काठमाडौ ःफिनिक्स बुक्स
  7. मिश्र, चैतन्य (२०७६)। लोकतन्त्र र आजको माक्र्सवाद, राजेन्द्र महर्जन,सम्पा., काठमाडौँः बुक–हिल पब्लिकेशन ।
  8. २०४९ माघ १४–२० मा सम्पन्न नेपाल कम्यूनिष्ट पार्टाी एमालेको पाँचौँ महाधिवेशनमा प्रस्तुत दस्तावेज ।
  9. Adams, B. N., & Sydie, R. A. (2001). Sociological theory. Sage Publications. ISBN: 9780761985570
  10. Giddens, A., & Sutton, P. W. (2013). Sociology. Wiley India. ISBN: 9788126542215
  11. K.C., S. (2023). नेपाली मौलिकताकाे समाजवादमा केही अवसर र विराेधाभाष: एक नवमाक्सवादी विश्लेषण. GS Spark: Journal of Applied Academic Discourse, 1(1), 97–106. https://doi.org/10.5281/zenodo.8381838
  12. Kim, S. (2021). North Korea’s ideological evolution: Juche and beyond. Cambridge University Press.
  13. Lenin, V. I. (1975). What is to be done? In R. C. Tucker (Ed.), The Lenin anthology (pp. 12–114). W. W. Norton. (Original work published 1902)
  14. Li, X. (2020). China’s socialist market economy: A critical analysis. Oxford University Press.
  15. Marshall, G. (Ed.). (2004). Oxford dictionary of sociology. Oxford University Press.
  16. Marx, K., & Engels, F. (1935). The Communist manifesto. Lawrence and Wishart. (Original work published 1848)
  17. Marx, K., & Engels, F. (1970). The German ideology. International Publishers. (Original work published 1846)
  18. Nguyen, T. (2019). Economic reforms in Vietnam: A socialist-oriented market economy. Routledge.
  19. Rao, S. C. N. (2008). Sociology. S. Chand & Company Ltd.
  20. Ritzer, G. (2000). Sociological theory. McGraw-Hill.
  21. Turner, J. H. (1995). The structure of sociological theory. Rawat Publications.
  22. Zhao, W. (2018). Maoism and the Chinese revolution. Harvard University Press.
LICENSE